ओलीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो, बालुवाटारमै हेलिप्याड राखेछन् : माधव नेपाल (भिडिओ) – Nepal Press

ओलीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो, बालुवाटारमै हेलिप्याड राखेछन् : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा भ्रष्टाचारले बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भ्रष्टाचारले सीमा नै नाघेको उनले दावी गरे ।

पार्टीनिकट नेपाल समाजवादी इन्जिनियरिङ एशोसिएसनको भेलामा बोल्दै नेपालले देशमा अहिले सर्वत्र भ्रष्टाचार व्याप्त रहेको बताए ।

नेपालले भने, ‘म प्रधानमन्त्री बन्दा यस्तो भ्रष्टाचार थिएन । अहिले त अहो, कति भ्रष्ट भइसकेछ हाम्रो देश । केपी ओलीको पालमा त भ्रष्टाचारले सीमा नै नाघेछ ।’

उनले थपे, ‘म भ्रष्टाचार पनि गर्दिन र गरेको पनि सहँदिन भन्ने तर भ्रष्टाचारीलाई नै संरक्षण गर्ने । यस्ता गफाडीको हातमा यो देश गयो ।’

पछिल्लोपटक बालुवाटारमा समेत हेलिप्याड बनाइएको भन्दै उनले विरोध जनाए ।

‘हुँदाहुँदा बालुवाटारमा पनि हेलिप्याड बनाएछन् । के हो त्यो अग्लो भनेको त, अस्ति पो प्रधानमन्त्रीले मन्त्रीहरूलाई बाढीपहिरो हेर्न जानुपर्‍यो बालुवाटारमा पठाइदिनुस् भने । किन भनेको त त्यहीँ पो हेलिप्याड रहेछ । किन चाहियो बालुवाटारमा हेलिप्याड ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुपर्‍यो । जम्मा १० मिनेटमा पुगिन्छ । अझ शीतलनिवासमा पनि बनाउने भन्ने सुन्दैछु । म हेलिप्याडको विरोधी हुँ’, नेपालले भने ।

अरु देशले एउटा विमानस्थल एकाध वर्षमा बनाइसक्ने तर नेपालमा एउटा बाटो बनाउन पनि १० वर्ष लाग्ने गरेको नेपालको गुनासो छ ।

 


प्रतिक्रिया

One thought on “ओलीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो, बालुवाटारमै हेलिप्याड राखेछन् : माधव नेपाल (भिडिओ)

  1. —–अनि बालुवाटारकाे जग्गा प्रकरण चाहि कस्ले गरेकाे?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर