बझाङ अपडेट : छविसपाथिभेराको ६ नम्बर वडामा कांग्रेस, एमालेभन्दा माओवादीलाई चार गुणा बढी मत – Nepal Press

बझाङ अपडेट : छविसपाथिभेराको ६ नम्बर वडामा कांग्रेस, एमालेभन्दा माओवादीलाई चार गुणा बढी मत

कैलाली । बझाङ उपनिर्वाचनको मतगणना जारी छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाबाट मत गणना सुरु गरिएको थियो । अहिले वडा नम्बर ६ को मतगणना सकिएको छ । यो वडामा सबैभन्दा धेरै मत माओवादी उम्मेदवार जनक बुढाले पाएका छन् ।

७३६ मत गणना गर्दा माओवादी उम्मेदवार बुढा ४४९ मत पाएका छन् । त्यसपछि कांग्रेस उम्मेदवार अभिषेक सिंह छन् उनले ११५ र एमाले उम्मेदवार दमन भण्डारीले १०१ मत पाएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५७ तथा राप्रपाका किशोर खड्काले यो वडाबाट ४ मत पाएका छन् ।

माओवादी उम्मेदवार बुढाले सर्वाधिक मत पाएको वडा नम्बर ६ मा यस अघि स्थानीय तहमा पनि माओवादीका गजेन्द्र बहादुर बुढा विजयी भएका थिए । उनले ७८० मत पाएका थिए ।

अहिले सम्म छबिसपाथिभेराका १ देखी ४ सम्मको वडाको मतगणना सकिँदा एमालेले अग्रतालाई दोब्बर बनाएको छ । एमाले उम्मेदवारले चार वडामा गरि १ हजार ३०२ मत पाउँदा कांग्रेस उम्मेदवारले चार वडामा ६५६ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर