इलाम अपडेट: तीन वडाको गणना सकिँदा डम्बर र सुहाङबीच २८ मतको अन्तर – Nepal Press

इलाम अपडेट: तीन वडाको गणना सकिँदा डम्बर र सुहाङबीच २८ मतको अन्तर

काठमाडौं । इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनमा फाकफोकथुप गाउँपालिकाका तीन वटा वडाको मतगणना सकिँदा कांग्रेसका डम्बर खड्काको अग्रता साँघुरिएको छ ।

वडा नम्बर ३ को गणना सकिँदा खड्काको १,६५८ मत छ भने एमालेका सुहाङ नेम्वाङको १,६३० मत छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार मुढा चिन्हका डकेन्द्रसिंह थेगिमको ३७० र रास्वपाका मिलन लिम्बूको ३०८ मत छ ।

अहिले वडा नम्बर ४ को गणना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर