प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन – Nepal Press

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन

काठमाडौं । प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । सोमबार प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।

निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका छन् । इन्स्योरेन्सको सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भए । त्यस्तै, सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् । उनले अन्य विभिन्न व्यवसायीक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर