विपद् व्यवस्थापनमा कमी हुन नदिन गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन – Nepal Press

विपद् व्यवस्थापनमा कमी हुन नदिन गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदुरपश्चिम लगायत मुलुकका विभिन्न स्थानमा अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । पछिल्लो केहीदिन यता परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका घटनाहरु बढीरहेका छन् ।

प्रधानमन्त्री देउवाले प्रदेश र स्थानीय सरकारसँग समेत समन्वय गरेर विपद् व्यवस्थापनमा तत्काल सक्रिय रहन गृहमन्त्रीमार्फत मातहतका निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर