कपनको ढलमा खसेका उज्ज्वलको शव ललितपुर–मकवानपुरको सीमाक्षेत्र वागमती किनारामा भेटियो – Nepal Press

कपनको ढलमा खसेका उज्ज्वलको शव ललितपुर–मकवानपुरको सीमाक्षेत्र वागमती किनारामा भेटियो

काठमाडौं । कपनको मिलनचोकस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्माको शव ललितपुरको महाँकाल गाउँपालिकामा वागमती नदी किनारामा भेटिएको छ ।

गत म‌ंगलबार साँझ हजुरबुबासँग हिडिरहेको बेला ढलमा खसेपछि उज्ज्वल बेपत्ता थिए । महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले स्थानीयले शव देखेर खबर गरेपछि प्रहरी पुगेको बताइन् ।

अनुहार चिन्न नसकिने भए पनि उनले लगाएको शर्टमा कपन मावि लेखेको छ । अहिले शव भएको स्थानमा आफन्तलाई बोलाएर पहिचान गराउन लागिएको छ ।

यसैबीच कपन प्रहरीले पनि उज्ज्वलको शव भेटिएको पुष्टी गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनकी प्रहरी निरीक्षक भगवती तिमल्सिनाले नेपालप्रेससँग भनिन्,‘ हामीलाई बच्चाको शव भेटिएको खबर आएको छ । बच्चाको शव पुरै गलिसकेकोले थप पहिचानको लागि परिवारलाई बोलाएका छौं ।

उनका अनुसार बालकको शव लतितपुर र मकवानपुरको सीमानामा फेला परेको थियो । हिजो साझै बालकको शव फेला परेको थियो । तर पहिचान हुन नसकेपछि ललितपुर प्रहरीलाई खबर गरेको थियो । ललितपुर प्रहरीले पनि कपनबाट हराएको बालक हुन सक्ने आशंकामा कपन प्रहरीलाई खबर गरेको थियो ।

कपन प्रहरीले पनि बेपत्ता उज्ज्वलको परिवारलाई बेलुकै खबर गरेको थियो । शव भेटिएको ठाउँमा पुग्दा रात पर्ने भएपछि प्रहरीले उज्जवलको परिवारलाई बिहान शव ल्याइदिने बताएको थियो ।

सोही अनुसार ललितपुर प्रहरीले घटनास्थलबाट शव ल्याएर पोस्टमार्टमको लागि ल्याउँदै गरेको उज्जवलकी फूपु अनिता विश्वकर्माले नेपालप्रेसलाई बताइन् । उनले भनिन्‘ प्रहरीले शव ललितपुरको अस्पतालमा ल्याउँदैछ रे त्यही भएर हामी शव भेटेको ठाउँमा गएका छैनौ । अहिले कपन प्रहरीचौकीमा बसिरहेका छौ । शव ल्याएपछि थप पहिचानको लागि जान्छौ ।’

ढलमा खसेका बालक
यही ढलमा खसेका थिए बालक

 

 याे पनि  पढ्नुहाेस् 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर