हिमाल, पहाड र तराईबीच एकताको सन्देश दिँदै आकाश र नीता (तस्विरहरु) – Nepal Press

हिमाल, पहाड र तराईबीच एकताको सन्देश दिँदै आकाश र नीता (तस्विरहरु)

हिमालबाट हिउँ पग्लि तराई मधेश झर्नुपर्छ तराइको अन्नपात पहाड हिमाल चढ्नुपर्छ....

काठमाडौं । प्रमोद खरेल र मेलिना राईद्वारा स्वरबद्ध गीत ‘हिमालबाट हिउँ पग्लि’ रिलिज भएको छ । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा म्युजिक भिडिओसहित लिरिक्स पुस्तिका लन्च गरियो ।

फिल्म निर्देशक समेत रहेका आकाश अधिकारी र नायिका नीता ढुंगाना फिचर्ड गीतमा सुरेश अधिकारीको संगीत छ । भिडिओमा नायक शिव श्रेष्ठले पनि अभिनय गरेका छन् ।






राष्ट्रिय भावना र सन्देशले ओतप्रोत रहेको गीत पछिल्लो राजनीतिक परिस्थितीमा झनै सान्दर्भिक हुने आयोजित प्रेसमिटमा जानकारी दिइयो । चिन्तामणी शिवाकोटीको शब्द रहेको गीतलाई ओएसआर युट्युव च्यानलबाट लन्च गरिएको छ । गीतमा अधिकारीको कन्सेप्ट रहेको छ ।

हेर्नूस गीत :

https://www.youtube.com/watch?v=Q_GnPME78o0



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर