एल साल्भाडोरमा अब बिट्क्वाइन आधिकारिक मुद्रा! – Nepal Press

एल साल्भाडोरमा अब बिट्क्वाइन आधिकारिक मुद्रा!

काठमाडौं । आधिकारिक रूपमै क्रिप्टोकरेन्सी- बिट्क्वाइनलाई आधिकारिक मुद्राको रूपमा स्वीकार गर्ने देश एल साल्भाडोर बनेको छ ।

ब्लकचेन बेस्ड क्रिप्टोकरेन्सी- बिट्क्वाइनलाई सेन्ट्रल अमेरिकी मुलुक एल सा्लभाडोरले गत जुनदेखि नै यसका लागि आवश्यक कानुनी प्रक्रिया मिलाइरहेको थियो ।

मंगलबार राष्ट्रपति नायिब बुकेलेले हिजो भएको औपचारिक घोषणालाई ऐतिहासिक क्षणको रूपमा व्याख्या गरेका थिए ।

आधिकारिक मुल्यको मान्यतासँगै बिट्क्वाइन अब एल साल्भाडोरको आधिरकारिक फियाट करेन्सी बराबर भएको छ । यसको मतलब अब साल्भाडोरनहरूले कुनै पनि वित्तिय कारोबार गर्दा अमेरिकी डलरसँगै बिट्क्वाइनको पनि प्रयोग गर्न सक्नेछन् ।

त्यहाँ हुने व्यापारमा पनि उपलब्ध भएसम्म बिट्क्वाइनबाटै कारोबार गर्न सकिने भएको छ । राष्ट्रपति बुकेलेले ट्वीटरमार्फत गरेको घोषणाअनुसार एल साल्भाडोरले ४०० बिट्क्वाइन खरिद गरिसकेको छ । त्यसका लागि २०.३ मिलियन अमेरिकी डलर बराबरको मुद्रा खर्चेको छ ।

मुलुकमा आधिकारिकता पाएसँगै देशभित्रै र बाहिर बस्ने साल्भाडोरनका लागि खुशीको कुरा भएको प्रतिक्रिया दिइरहेका छन् । विदेशमा बस्ने नागरिकले रेमिट्यान्स गर्दा लाग्ने शुल्कबाट मुक्ति पाएका छन् ।

अहिले यो समाचार लेख्दै गर्दा बिट्क्वाइनको मुल्य ४५ हजार १ सय ९० अमेरिकी डलर छ । गत २४ घण्टामा अधिकतम् ५२ हजार २ सय २६ पुगेर न्युनतम २४ हजार ८ सय ३४ अमेरिकी डलरसम्म घटेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर