विद्यालय समयमा शिक्षकलाई अन्य कार्यमा नलगाउन काठमाडौं महानगरको निर्देशन
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/03/kathmandu-mahanagar-ktm-metro-city-board.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाले समाुदायिक विद्यालयहरुले आफ्ना कार्यालयमा कार्यरत शिक्षकलाई विद्यालयको नियमित पठनपाठन प्रभावित हुनेगरी अन्य कार्यमा नलगाउन निर्देशन दिएकाे छ ।
महानगरले सूचना जारी गर्दै पठनपाठन प्रभावित हुनेगरी विद्यालय समयभित्र एसईईको उत्तपूस्तिका परीक्षण गर्ने कार्यलगायत अन्य कार्यहरुमा शिक्षकहरुलाई नपठाउन निर्देशन गरेको हाे ।
महागनरको शिक्षा विभागकी निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले सूचना जारी गर्दै विद्यालयहरुलाई यस्तो निर्देशन दिएकी हुन् ।
विद्यालयको नियमित पठनपाठन प्रभावित हुनेगरी अन्यत्र कार्यमा संलग्न नहुन महानगरले सचेत गराएको छ । अन्यथा प्रचलित कानूनबमोजिम कारबाही हुने पनि महानगरले जनाएको छ ।