दुई लाख घुसहित काठमाडौंका वडासदस्य पक्राउ – Nepal Press

दुई लाख घुसहित काठमाडौंका वडासदस्य पक्राउ

काठमाडौं । काठमाडौं महानगरका एक वडासदस्य दुई लाख घुस रकमसहित पक्राउ परेका छन् । वडा नम्बर १४ का सदस्य वसन्त महर्जनलाई कलंकी, खसी बजारस्थित न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण-पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि घुस लिएको सेवाग्राहीको सूचनाको आधारमा रकम लिइसकेको अवस्थामा महर्जनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर