आन्तरिक विमानस्थल भित्र खाली, बाहिर यात्रुको भीड – Nepal Press

आन्तरिक विमानस्थल भित्र खाली, बाहिर यात्रुको भीड

काठमाडौं । त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा भित्र खाली-खाली रहँदा बाहिर भने यात्रुको ठूलो भीड लागेको छ । यात्रुहरुलाई सुरक्षा जाँचका नाममा अनावश्यक तनाव भएको छ ।

दुई दिनअघि नेपालगन्ज जाने यात्रुले जुत्तामा सुन लुकाएर लगेको पत्ता लागेपछि विमानस्थलमा सुरक्षा व्यवस्था कडा पार्न थालिएको छ ।

देशैभरका हवाइयात्रु एकत्रीत हुने विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँच उपकरण (एक्से मेसिन एउटामात्र हुँदा यात्रुले सास्ती व्यहोर्नुपरेको हो ।

सुरक्षाको नाममा यात्रुको सुविधामा ध्यान नदिएको भन्दै विमानस्थल प्रशासनको विरोध हुन थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर