हेलिकप्टरबाट कालिकोट गएका मुख्यमन्त्री शाही जहाजबाट जुम्ला – Nepal Press

हेलिकप्टरबाट कालिकोट गएका मुख्यमन्त्री शाही जहाजबाट जुम्ला

सुर्खेत । ‘अत्यधिक हेलिकप्टर मोह’को आरोप खेपिरहेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आज जहाजमार्फत जुम्ला गएका छन् ।

जुम्ला पुगेर उनी कार्यालय प्रमुखहरुसँगको छलफलमा सहभागी भएका छन् ।

यसअघि भदौ ३ गते सपत्नी हेलिकप्टरमार्फत् गृहजिल्ला कालिकोट भ्रमणमा गएको विषय निकै आलोचित भएको थियो ।

उनी भोलि गृहजिल्ला कालिकोट जाने तयारी छ ।

कालिकोटमा मुख्यमन्त्री शाहीले जिल्लासभाको उद्घाटन गर्नेछन् भने पर्सि जुम्लाको सिंजा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर