सोमबार ३१ सय संक्रमित थपिए, २३ जनाको मृत्यु – Nepal Press

सोमबार ३१ सय संक्रमित थपिए, २३ जनाको मृत्यु

१९ सय जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३१ सय २५ नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १३ हजार ८११ नमुना (३१९८ एन्टिजेन र १०६१३ पीसीआर)परिक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोमबार थप २३ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाएका छन् भने १९ सय २५ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ जना रहेको छ ।

गत २४ घण्टामा कोरोनाभाइरस विरुद्धको खोप १ लाख ८१ हजार २५ जनाले लगाएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर