लुम्बिनी प्रदेश अस्पतालको आफ्नै स्रोतबाट ४ करोडका संरचना थपियो – Nepal Press

लुम्बिनी प्रदेश अस्पतालको आफ्नै स्रोतबाट ४ करोडका संरचना थपियो

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नै स्रोतबाट करिब ४ करोडको लगानीमा ३९ शय्याको सुविधासम्पन्न क्याविन सेवा सुरु गरेको छ ।

३ करोड ९९ लाखमा निर्माण भएको नयाँ भवनमा क्याविन सेवा थालिएको हो । अस्पतालले १४ क्याविनसहित ३ सय शय्याबाट सेवा दिँदै आएको थियो । लुम्बिनी अस्पतालमा २० वटा आईसीयू कोरोना संक्रमितलाई छुट्टयाइएको छ भने बाँकी संरचनामा नन कोभिड बिरामीहरुको उपचार चलिरहेको छ ।

सेवामा स्तरोन्नति गर्नका लागि ३९ बेडको सुविधासम्पन्न क्याविन सेवा सुरु गरेको छ । नयाँ बनेको ५ तले भवनको माथिल्लो तलामा नयाँ संरचनामा बेड र क्याविन थपिएसँगै अस्पतालको क्षमता ३ सय ७५ वेड पुगेको छ ।

क्याविनबाट धेरै बिरामीको सेवादिन सकिने अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले बताए । थप गरिएको क्याविन सेवामा न्यूनतम १ हजार ५ सयदेखि ४ हजारसम्मका विभिन्नस्तरका सेवासहितको बेड उपलब्ध रहेको अस्पतालले जनाएको छ । क्यविन सेवामा एसी डिलक्स, एट्याच ट्वाइलेट बाथरुप लगायतका सेवाहरु रहेका छन् ।

अध्यक्ष भट्टराईले अस्पताललाई आमसर्वसाधारण नागरिकले सेवा लिने थलो बनाउने लक्ष्यसहित विशिष्ट सुविधासहितको सेवामा नयाँ आयाम थपेको बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. राजेन्द्र खनालले ४५ कोठा रहेको भवनमा सेवाग्राहीका लागि ३९ वटा बेड छुट्टयाइएको र बाँकी ६ वटा क्षविनमा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुका लागि सेवा थप गरिएको जानकारी दिए ।

सुबिधा सम्पन्न क्याविन नभएका कारण निजी अस्पतालमा उपचार सेवा लिने गरेका विरामीहरु पनि अब प्रादेशिक अस्पतालबाट सेवा लिनसक्ने डा. खनालको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर