सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बस्याल बुधबारदेखि अनिवार्य अवकाशमा – Nepal Press

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बस्याल बुधबारदेखि अनिवार्य अवकाशमा

साउन महिनाभित्रै थप दुई जना सचिवले अनिवार्य अवकाश पाउँदै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरीप्रसाद बस्यालले बुधबारबाट अनिवार्य अवकाश पाएका छन् । सचिवको जिम्मेवारीमा रहेका बस्यालले नेपालको सरकारको बिशिष्ठ श्रेणीबाट अनिवार्य अवकाश पाएका हुन् ।

बुधबारदेखि अनिवार्य अवकाश पाए पनि मन्त्रालयबाट उनी औपचारिक रुपमा बिदाई भएका छैनन् । बुधबार सार्वजनिक बिदा परेकाले उनलाई बिहीबार मन्त्रालयले औपचारिक रुपमा बिदाई कार्यक्रम राखेको छ । मन्त्रालयको वेवसाइटबाट पनि उनको नाम समाचार तयार पार्दासम्म हटाइएको छैन् ।

सचिव बस्यालले एक वर्ष अघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए । उनी सहसचिवबाट २८ महिना अघि सचिवमा बढुवा भएका हुन् । सचिवमा बढुवा भएपछि उनको पदस्थापन अर्थात पहिलो नियुक्ति गण्डकी प्रदेश प्रमुख सचिवमा भएको थियो ।  उनले २०७६ बैशाख पाँच गतेदेखि २०७७ साउन ११ गतेसम्म १५ महिना प्रमुख सचिवको जिम्मेवारी निर्वाह गरेका थिए । बस्याल चालू आर्थिक वर्षको सुरुवात अनिवार्य अवका पाउने पहिलो सचिव हुन् ।

साउन महिनाभित्रै थप दुई जना सचिवले अनिवार्य अवकाश पाउँदै

साउन महिनाभित्रै नेपाल सरकारका थप दुई जना सचिवले अनिवार्य अवकाश पाउँदैछन् । अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीले साउन २४ मा र बागमती प्रदेशका प्रमुख सचिव डा. मुकुन्दप्रसाद पौड्यालले साउन २६ गते अनिवार्य अवकाश पाउँदैछन् ।

चालू आर्थिक वर्षको सुरुवातमा नै तीन सहसचिवले पनि अनिवार्य अवकाश पाए

चालू आर्थिक वर्षको सुरुवातमा नै तीन सहसचिवले पनि अनिवार्य अवकाश पाइसकेका छन् । जसमा सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत नै सहसचिव इश्वराज दाहालले अनिवार्य अवकास पाइसकेका छन् भने मंगलबार पनि दुई जना सहसचिवले अनिवार्य अवकाश पाइसकेका छन् ।

मंगलबार अनिवार्य अवका पाउनेमा परराष्ट्र मन्त्रालयका सहसचिव तारा प्रसाद पोखरेल रहेका छन् भने सहसचिव एवम संयुक्त राष्ट्रसंघका लागि नेपाल अधिराज्यको स्थायी नियोग जेनेभा, स्विजरल्याण्डमा कार्यरत मणीप्रसाद भट्टराई रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर