वामदेवको माग- अर्थमन्त्रीलाई राष्ट्रियसभामा बजेट भाषण गर्न लगाइयोस् – Nepal Press

वामदेवको माग- अर्थमन्त्रीलाई राष्ट्रियसभामा बजेट भाषण गर्न लगाइयोस्

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रियसभामा आएर बजेट भाषण गर्न माग गरेका छन् । यसका लागि नियम-कानून सच्याउनुपर्ने भए त्यसमा हिच्किचाउनु नहुने उनको भनाइ छ ।

राष्ट्रियसभाको बैठकमा बोल्दै गौतमले भने, ‘अर्थमन्त्रीले बजेट भाषण गर्नुभयो, तर कहाँ गर्नुभयो थाहा छैन । राष्ट्रियसभामा गरेको भए के हुन्थ्यो ? यदि संविधान र नियम-कानूनले रोक्छ भने त्यो बदलौं । राष्ट्रियसभा संघीय सांसदको अंग हो । प्रतिनिधिसभा नभएको बेला राष्ट्रियसभामा बजेट प्रस्तुत गर्ने व्यवस्था मिलाइयोस् ।’

उनले थपे, ‘अर्थमन्त्रीले राष्ट्रियसभामा बजेट भाषण गरेर त्यसमा छलफल गराउनुपर्छ । अनि मात्र पारित गर्दा राम्रो हुन्छ ।’


प्रतिक्रिया

2 thoughts on “वामदेवको माग- अर्थमन्त्रीलाई राष्ट्रियसभामा बजेट भाषण गर्न लगाइयोस्

  1. यो मान्छे नै आजको भद्रगोल एमालेको प्रमुख कारक हो , हार्दा पनि जसरी साँसद हुनैपर्ने !? माकुने र यसमा खासै फरक छैन के ! यो जेनेरेशन नै राजनीतिबाट पलायन हुँदा मात्र राष्ट्रिय राजनीतिले उचत लय समात्ने हो क्या !?

    1. बामदेव भए पार्टी धुलो नभए पार्टी लुलो भन्थे , यो घाँडो हो के ।

Leave a Reply to पारिजात Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर