पोखरा महानगरले बाढी प्रभावित हेलम्बु र मेलम्चीलाई १०/१० लाख सहयोग गर्ने – Nepal Press

पोखरा महानगरले बाढी प्रभावित हेलम्बु र मेलम्चीलाई १०/१० लाख सहयोग गर्ने

काठमाडौं । पोखरा महानगरपालिकाले बाढी प्रभावित सिन्धुपाल्चोकको दुई स्थानीय तहलाई २० लाख दिने भएको छ ।

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले बजेट मार्फत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई १० लाख बजेट दिने बताएकी हुन् ।

उनले सहयोगले आगामी दिनमा अन्य पालिकाहरुमा पनि सहकार्यको भावना वृद्धि हुने बताएकी छिन् । पोखरा महानगरपालिकाको आर्थिक वर्ष ७८/७९ को बजेट प्रस्तुत गरेको छ ।

सबै स्थानीय तहले असार १० गते भित्र नयाँ बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था रहेको छ । ७ सय ७३ स्थानीय तह मध्ये केहीले असार १० भन्दा पहिले नै बजेट ल्याएका थिए । भने बाँकी रहेका स्थानीय तहले आज बजेट ल्याउँदै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर