नक्कली पास बनाएर सवारी चलाउने चार जना पक्राउ – Nepal Press

नक्कली पास बनाएर सवारी चलाउने चार जना पक्राउ

रूपन्देही । नक्कली पास बनाएर सवारीसाधन चलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट वैशाख २६ गतेदेखि जिल्लाभर जारी गरिएको निषेधाज्ञाको अवज्ञा गरी सवारीसाधन चलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुल्मीको धुर्कोट नगरपालिका–७ स्थायी घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय विनोद घिमिरे, बुटवल उपमहानगरपालिका-११ का ५३ वर्षीय रोलक बहादुर बुढाक्षेत्री, बुटवल उपमहानगरपालिका-१२ का ३९ वर्षीय मनोज गैह्रे र गुल्मीको मुसिकोट नगरपालिका-७ का २७ वर्षीय विपिन काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर