काठ तस्करीमा संलग्न चारजनासहित टिपर प्रहरीको नियन्त्रणमा – Nepal Press

काठ तस्करीमा संलग्न चारजनासहित टिपर प्रहरीको नियन्त्रणमा

रुपन्देही । प्रहरीले अवैध काठसहित एक टिपर र तस्करीमा संलग्न चारजनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलीले सोमबार बिहान देवदह नगरपालिका वडा नम्बर १० चरङ्गेबाट लु २ ख ४५०१ नम्बरको टिपरसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा टिपर चालक पाल्पाका झविन्द्र बलाल, बुटवलका रोहित घले, रुपन्देही देवदह चरङ्गेका प्रेमबहादुर थापा र पाल्पाका गंगाबहादुर बुढा रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौंरले जानकारी दिए ।

उनका अनुसार टिपरमा ४० पिस सालका गोलिया अर्थात् १ सय ४२ क्युफिट काठ थियो । काठ, टिपर र त्यसमा संलग्न चारजनालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक राठौरले बताए । बरामद् गरिएको काठ झण्डै पाँच लाख मूल्य बराबरको रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर