कर्णालीका पुन:स्थापित सांसद ज्वालाले भने- तत्काल मन्त्रीले राजीनामा दिँदैनन् – Nepal Press

कर्णालीका पुन:स्थापित सांसद ज्वालाले भने- तत्काल मन्त्रीले राजीनामा दिँदैनन्

सुर्खेत । सर्वोच्च अदालतबाट पुन:स्थापित भएका सांसदमध्येका एक प्रकाश ज्वालाले अदालतले दिएको आदेश कार्यान्वयन भने भइनसकेको बताएका छन् ।

‘एमाले मिल्नका लागि सम्भावनाको ढोका खुलेको छ । हामी सधैँ एकताको पक्षमा छौं । हामीलाई निमोठ्दै जाने, पार्टीमा एकलौटी गर्दै जाने काम हुनु भएन जबर्जस्ती हुनु भएन । एकता गर्ने नै हो भने हामी सबैका माग सम्बोधन हुन आवश्यक छ ’, उनले नेपाल प्रेसँग भने, ‘अहिलेसम्म कंडेल र म बीच कुरा भएको छैन । सर्वोच्च्को आदेश कार्यान्वयनमा गइसकेपछि के गर्ने, कसरी गर्ने भन्ने सल्लाह हुनेछ ।’

एमाले प्रमुख प्रतिपक्षीमा भएको समयमा तीनजना मन्त्री पदमा नै बस्छन् त भन्ने प्रश्नमा उनले भने, ‘अहिले त उहाँहरू सरकारमा नै हुनुहुन्छ । सरकारबाट हट्न सहमति आवश्यक पर्ला । सम्झौता हुन जरुरी होला । अहिले ने यसबारेमा धेरै कुरा नगरौं ।’

उनले सरकारले ल्याउन नीति तथा कार्यक्रम, बजेटको समयमा कसरी जाने भनेर सल्लाह गरिने बताए । ‘केन्द्रीय नेतासँग पनि हामी छलफलमै छौं । उहाँहरुबाट पनि सुझाव होला ।’ उनी भन्छन्, ‘यहाँ पनि सल्लाह नै हुनछ । यसबारेमा के गर्ने भन्ने निर्णय भने हामीले गरिसकेका छैनौं ।’

यता, सरकारमा हाल भौतिक पूर्वाधार एवम् शहरी विकास मन्त्री रहेका मन्त्री अम्मरबहादुर थापाले आफूहरू नै एमाले रहेको बताए । ‘हामीले एमाले त्यागेका होइनौं ’, उनले भने, ‘सर्वोच्च अदालतले दिएको आदेश अनुसार हामी सत्ता पक्ष नै हो । उहाँहरु पनि सत्ता पक्ष नै हो ।’

मन्त्री थापाले सरकारबाट नबाहिरिने प्रष्ट्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर