बौद्धमा बोराभित्र मानिसको खुट्टा भेटियो, प्रहरी भन्छ- तीन साता पुरानाे शव – Nepal Press

बौद्धमा बोराभित्र मानिसको खुट्टा भेटियो, प्रहरी भन्छ- तीन साता पुरानाे शव

काठमाडौं । काठमाडौंको बौद्ध नयाँबस्तीमा बोराभित्र मानिसको खुट्टाको भाग भेटिएको छ । मंगलबार विहान बोराभित्र खुट्टा र घुँडाको भाग फेला परेको हो ।

घटनास्थलको प्रकृति हेर्दा शवलाई कुनै ठाउँबाट  जलाएर  यहाँ ल्याएर फालेको अवस्था देखिएकाे काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिहंले बताए ।

उनले भने,‘हामीले बोराभित्र हेर्दा खुट्टाको भाग र घुँडाका फेला पार्यौ । अहिलेको हकमा कुनै ठाउँबाट जलाएर ल्याएको अवस्था देखिन्छ । शरीरको सिंगो पार्ट यहाँ देखिदैन । यहाँ आएर यति जलेको र बाँकी भएको होइन । केही टुक्रा मात्रै ल्याएको देखिन्छ । प्रारिम्भक रुपमा केही पत्ता लागेको छैन । थप अनुसन्धान भइरहेको छ ।

उक्त शवको केही भाग मात्र भेटिएकाले शवको पहिचान गर्न नसकिएको उनले बताए । घटनास्थलमा पुगेका फरेन्सिक चिकित्सकका अनुसार उक्त शव कम्तीमा ३ हप्ता भन्दा पुरानो देखिन्छ ।

काठमाडौं प्रहरी प्रमुख सिंहले भने,‘लगभग तीन हप्ता चार हप्ता बीचको हराएको मान्छेहरुको सूची पनि खोज्छौ । हडी र खुटाको परीक्षणबाट के खुल्न सक्छ त्यसले पनि हामीलाई सहयोग गर्छ । अनुसन्धानको क्रममा पछि खुल्न जान्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर