एन्ड्रोइड युजरमाझ लोकप्रिय बन्दै ‘क्लबहाउस’ एप – Nepal Press

एन्ड्रोइड युजरमाझ लोकप्रिय बन्दै ‘क्लबहाउस’ एप

काठमाडौं । एन्ड्रोइड मोबाइल फोन युजरबीच अडियो बेस्ड एप- क्लबहाउसको लोकप्रियता निरन्तर बढिरहेको छ । मे २१ मा एन्ड्रोइड युजरका लागि लञ्च गरिएको यो एप अहिलेसम्म १० लाखभन्दा धेरै डाउनलोड भइसकेको छ ।

क्लबहाउस एउटा ‘इन्भाइट’ बेस्ड एप हो । जसका कारण कसैले पठाएको इन्भिटेसन लिङ्कबाट मात्र यो एपमा छिर्नसकिन्छ ।

यसअघि आइओएसका लागि मात्र उपलब्ध भएको यो एप अहिले एन्ड्रोइड प्रयोगकर्ताले पनि प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सक्नेछन् । क्लबहाउस एन्ड्रोइड-८ वा त्योभन्दा माथिको सफ्टवेयर भर्जनमा मात्रै सपोर्ट गर्छ ।

एप्पलको एप स्टोरबाट यो एप १ करोडभन्दा धेरै पटक डाउनलोड भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर