सेयर बजार : नेप्से परिसूचक २८ सयनजिक, ११ अर्बभन्दा बढी कारोबार – Nepal Press

सेयर बजार : नेप्से परिसूचक २८ सयनजिक, ११ अर्बभन्दा बढी कारोबार

काठमडौं । आज नेप्से परिसूचक ३४.६८ अंकले बढ्दा दुई दर्जन कम्पनीको सेयर मूल्य ९ प्रतिशत र १० कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । आज १ दशमलव २६ प्रतिशतले बढ्दै नेप्से २७९३.९० विन्दुमा रोकिएको हो ।

२१३ वटा कम्पनीको २ करोड ३० लाख ५६ हजार ९८६ कित्ताको सेयर किनबेचमा अहिलेसम्मकै बढी ११ अर्ब ३२ करोड ११ लाख ४० हजार ४४९ रूपैयाँ कारोबार भयो । यो अहिलेसम्मकै बढी कारोबार रकम हो । यसअघि २०७७ साल माघ २६ मा १० अर्ब ६१ करोड ९१ लाखको किनबेच भएको थियो ।

आज नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार ६७ करोड रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ करोडको सेयर कारोबार भयो । यसैगरी विशाल बजार, घालेम्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, नेश्नल हाइड्रोपावर, समता लघुवित्तलगायतका कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

महामारीमा अरु व्यापार/व्यवसाय ठप्प भएकोले सेयरप्रति आकर्षण बढेको प्रकाश तिवारीले बताए । आज सबैभन्दा बढी होटल तथा टुरिजमका सेयर धनीले कमाएका छन् । होटल तथा टुरिजम समूहको सेयर ६.१५ प्रतिशतले बढेको छ । यसैगरी फाइनान्स समूहको पनि सेयर मूल्य ५.८६ प्रतिशत बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर