कोरोनाको दोस्रो लहर सुरु भएयता रौतहटमा ५३ जनाको मृत्यु – Nepal Press

कोरोनाको दोस्रो लहर सुरु भएयता रौतहटमा ५३ जनाको मृत्यु

जनकपुरधाम । रौतहट जिल्लामा कोरोनाको दोस्रो लहर सुरु भएयता ५३ जनाको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गौर अस्पतालमा १८ जना र वीरगञ्जको नारायणी उप-क्षेत्रीय अस्पतालमा ११ जना संक्रमितको मृत्यु भएको छ । केहि संक्रमितको काठमाडौंसहितका विभिन्न अस्पतालमा मृत्यु भएको छ । अस्पताल नपुग्दै बाटोमै पनि केहि संक्रमितले ज्यान गुमाएका छन् ।

अक्सिजनको अभावमा अधिकांश संक्रमितको मृत्यु भएको गौर अस्पतालमा कार्यरत एक चिकित्सकले बताए । उनले अनुसार विरामीको स्वास्थ्य अवस्था नाजुक भइसकेपछि मात्र अस्पताल ल्याउँदा र अक्सिजनको अभावमा मृत्यु हुने गरेको छ । कतिपय संक्रमित निजी अस्पतालमा पुग्ने गरेको र अवस्था बिग्रेपछि मात्र रेफर गर्दा समस्या भइरहेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि रौतहटमा पनि निषेधाज्ञा जारी छ । यद्यपि निषेधाज्ञाको अवज्ञा गरी विभिन्न गतिविधि जारी राख्दा संक्रमण बढिरहेको छ । अहिले रौतहटमा ६ सय १६ सक्रिय संक्रमित छन् । जसमध्ये २९ जना मात्र संस्थागत आइसोलेशनमा र बाँकी घरमै उपचाररत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर