टेकुमा देखिएको कारुणिक दृष्य: भुइँमा पनि ठाउँ पाउन मुस्किल (भिडियाेसहित) – Nepal Press

टेकुमा देखिएको कारुणिक दृष्य: भुइँमा पनि ठाउँ पाउन मुस्किल (भिडियाेसहित)

काठमाडौं । बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित बिरामीले भुइँमै बसेर उपचार गराईरहेका छन् ।

कोरोना संक्रमणको दर दिनप्रतिदिन बढेसँगै गम्भिर बिरामीको संख्या पनि थपिदै जाँदा मुलुकभर बेड र अक्सिजनको अभाव देखिएको हो । संघीय राजधानी काठमाडाैं टेकू स्थित सरुवा रोग अस्पतालमा पनि बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भूईँमा नै राखेर विरामीको उपचार गराईएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बेड अभाव नभएको भनिरहँदा राजधानीकै अस्पतालमा यस्तो दृष्य देखिनु चिन्ताको विषय भएको बिरामीका आफन्तले गुनासो गरेका छन् ।

 

वेड अभाव भएपनि चिकित्सकहरुले आकस्मिक कक्ष बाहिर भूईँ मै राखेर विरामीको स्वास्थ्य जाँच गरिरहेका छन् । आकस्मिक कक्ष बाहिर छरिएर बसेका विरामीहरु सबैले अक्सिजन लिईरहेका छन् ।

कतिपय विरामी त छत विनाको खुल्ला स्थानमा बस्न बाध्य भएका छन् । दिउँसोको घाम र रातको शीत खेपेरै भएपनि उनीहरु कोरोनाको उपचार गराउन बाध्य भएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर