रुपन्देहीमा शनिबार ४८६ जनामा संक्रमण, ९ जनाको मृत्यु – Nepal Press

रुपन्देहीमा शनिबार ४८६ जनामा संक्रमण, ९ जनाको मृत्यु

रूपन्देही । संक्रमणको केन्द्र बनेको रूपन्देहीमा तीन दिनयता कोरोना संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा १ हजार ३२५ जनाको कोरोना परीक्षण गर्दा ४८६ जनामा संक्रमण देखिएको छ । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ हजार एक सय १ पुगेको छ ।

आज पनि जिल्लामा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ९५ महिला र ११३ जना पुरुष गरी २०८ जनामा संक्रमण देखिएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा १०४, सिद्धार्थनगर नगरपालिकामा ४८, देवदह नगरपालिकामा ३८, सैनामैना नगरपालिकामा ३४ र ओमसतिया गाउँपालिकामा १४, कञ्चनमा गाउँपालिकामा ८, सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिकामा ७/७, मायादेबी गाउँपालिकामा ५, लुम्बिनी साँस्कृतिक नगरपालिकामा ४, मर्चवारी गाउँपालिका र रोहिणी गाउँपालिकामा ३/३ जना र गैडहवा गाउँपालिकामा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै जिल्लामा पछिल्लो २४ घण्टा भित्र ९ जनाको मृत्यु भएको छ । यससंगै रुपन्देहीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ भने र सक्रिय संक्रमितको संख्या ७ हजार १ सय १ जना पुगेको छ । रुपन्देहीमा शुक्रबार ५१४ जनामा संक्रमण देखिएको थियो भने विहीबार ४९४, बुधबार ९०७ जनामा संक्रमण देखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर