सय बेड भएका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने – Nepal Press

सय बेड भएका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने

काठमाडौं । कम्तीमा सय बेड भएका निजी तथा सामुदायिक अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको आइसीएस पदाधिकारी बैठकले उक्त निर्णय गरेको प्रवक्ता जागेश्वर गौतमले बताए ।

अक्सिजन प्लान्ट जडान गरेर मन्त्रालयमा जानकारी गराउन समेत उनले निर्देशन दिइएको बताए ।

पछिल्लो साता अक्सिजन अभावमा मृत्यु हुने कोभिडका बिरामीको संख्यामा वृद्धि भएपछि उक्त निर्णय गरिएको प्रवक्ता गौतमले जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर