रुपन्देहीमा १२ घण्टामा १२ संक्रमितको मृत्यु – Nepal Press

रुपन्देहीमा १२ घण्टामा १२ संक्रमितको मृत्यु

रूपन्देही । रुपन्देहीमा १२ घन्टाको अन्तरमा १२ जना संक्रमितको मृत्यु भएको छ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा ६ र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा ६ जनाको मृत्यु भएको हो।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमका अनुसार कोरोना विशेष अस्पतालमा उपचाररत ६ पुरुषको मृत्यु भएको छ।

भैरहवास्थित युनिसर्भसल मेडिकल कलेज भैरहवामा पनि ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको मेडिकल कलेजका सूूचना अधिकारी सुशिल गुरुङले जानकारी दिए।

रुपन्देहीमा सोमबारसम्म ३ हजार ३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११७ पुुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर