कैलालीमा थप एक संक्रमितको मृत्यु, विहीबार एकै दिन ७ जनाले ज्यान गुमाए – Nepal Press

कैलालीमा थप एक संक्रमितको मृत्यु, विहीबार एकै दिन ७ जनाले ज्यान गुमाए

कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ का ४५ वर्षीय पुरुषको विहीबार राति ९ बजेर १० मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो ।कडा निमोनिया र श्वासप्रश्वासको समस्यासहित अस्पताल आएका उनको आइसियुमा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

योसँगै बिहीबार कैलालीका मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । यो अहिले सम्मकै उच्च मृत्युदर हो । विहीबार नै कञ्चनपुरका ३ जना बझाङ र अछामका एक एक गरी सुदूरपश्चिम प्रदेशमा १२ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर