चितवनमा विहिबारदेखि १५ दिनसम्म निषेधाज्ञा घोषणा – Nepal Press

चितवनमा विहिबारदेखि १५ दिनसम्म निषेधाज्ञा घोषणा

काठमाडौं । विहिबारदेखि लागु हुने गरि चितवन जिल्लाभर १५ दिनको लागि लकडाउन घोषणा भएको छ ।

जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ती जारी गर्दैै बैशाख १६ गते मध्यरातदेखि बैशाख ३१ गते मध्यरातसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोभिड-१९ संक्रमण जिल्लामा तीव्ररुपमा फैलिएको बताउँदै आदेश जारी गरिएको जनाएका हुन् । हेर्नूस विज्ञप्ती :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर