यामलाल कँडेल भन्छन्- पार्टीका जिम्मेवार साथीहरूबाट राजनीतिक अपराध भयो – Nepal Press

यामलाल कँडेल भन्छन्- पार्टीका जिम्मेवार साथीहरूबाट राजनीतिक अपराध भयो

काठमाडौं । कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्नुअघिसम्म एमाले संसदीय दलका नेता यामलाल कँडेल पारित नहुनेमा ढुक्क थिए ।

उनलाई भावी मुख्यमन्त्रीको रूपमा चर्चा गर्न थालिइसकेको थियो । तर, उनले नसोचेको मत परिणाम आयो ।

कर्णाली सरकारले विश्वासको मत लिएपछि कँडेल आफ्नो पार्टीबाट ‘फ्लोर क्रस’ गर्ने सांसदहरुप्रति आक्रोशित बनेका छन् । पार्टीका जिम्मेवार नेताहरुले राजनीतिक अपराधको पराकाष्टा प्रस्तुत गरेको उनले प्रारम्भिक प्रतिक्रिया दिए ।

नेपाल प्रेससँग कुरा गर्दै कँडेलले भने, ‘यस्तो होला भन्ने सोचिएको थिएन । हाम्रा साथीहरूबाट गलत हर्कत भयो । यो राजनीतिक अपराध हो । हामी अब बिधानअनुसार चल्नेछौं ।’

एमालेका चार सांसदहरुले ‘फ्लोर क्रस’ गरेपछि शाहीको सरकारले बहुमत पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर