२ किलो ५ सय ग्राम यूरेनियमसहित ४ जना पक्राउ – Nepal Press

२ किलो ५ सय ग्राम यूरेनियमसहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौं टुसाल- ६ बौद्धबाट २ किलो ५ सय ग्राम युरेनियमसहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले उक्त परिमाणको यूरेनियम सहित रामेछापका ४० वर्षीय नारायण सिंह तामाङ, काठमाडौं बौद्ध बस्ने रामेछापकी ४० वर्षीया जानुका तामाङ, रामेछापका २० वर्षीय प्रकाश चौहान र सिन्धुपाल्चोक २० वर्षीय मनोज न्यौपानेलाई पक्राउ गरिएको जानकारी दिए ।

युरेनियम २३८ को गैरकानुनी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीले उक्त युरेनिएम सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको उनले बताए।

उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *