सपनालाई धम्की दिने विनयजंग ५० हजार धरौटीमा रिहा – Nepal Press

सपनालाई धम्की दिने विनयजंग ५० हजार धरौटीमा रिहा

काठमाडौं । सपना रोका मगरको अश्लील फोटो सार्वजनिक गर्ने भन्दै धम्की दिएका विनयजंग बस्नेत ५० हजार धरौटी तिरेर रिहा भएका छन् । उनलाई आज काठमाडौं जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएसँगै बस्नेत साइबर अपराधमा ४० हजार र अभद्र व्यवहार कसूरमा १० हजार तिरेर धराैटीमा रिहा भएका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

बस्नेत आजै धरौटी बुझाएर रिहा भएका परिसर काठमाडौंका प्रमुख, प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी अशोक सिंहले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार बस्नेतमाथि अनुसन्धान सकेर मंगलबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले बस्नेतविरुद्ध साइबर अपराध र अभद्र ब्यवहार कसूरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सपनाका अस्लिल फोटो आफ्नो मोवाइलमा रहेको र सार्वजनिक गर्ने भन्दै बस्नेतले केही सञ्चारमाध्यमममा अन्तरवार्ता दिँदै धम्की दिएका थिए । बस्नेतले यस्तो धम्की दिएपछि सपनाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन । सपनाको किटानी जाहेरीका आधारमा प्रहरीले बस्नेतलाई फागुन ४ गते गोंगबु बसपार्कबाट पक्राउ गरेको थियो ।

बस्नेत र सपना एकअर्कालाई सार्वजनिक रुपमा बाबु–छोरी भन्दै आएका थिए । उनिहरु दुवै जना बेवारिसे शव जलाउने काम गर्दै आएका छन् । सपना बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि बस्नेत र सपनाको सम्बन्ध विग्रीएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर