युरोपेली संघको सहयोगमा भरतपुरमा खुल्यो आपतकालीन कार्यसन्चालन केन्द्र – Nepal Press

युरोपेली संघको सहयोगमा भरतपुरमा खुल्यो आपतकालीन कार्यसन्चालन केन्द्र

काठमाडौंं । चितवनको भरतपुर महानगरपालिकामा आपतकालीन कार्यसन्चालन केन्द्र स्थापना भएको छ ।

युरोपेली संघको आर्थिक सहयोगमा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी)को विपद् पूर्वतयारी परियोजना अन्तर्गत निर्माण गरिएको आपतकालीत केन्द्रको उद््घाटन नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले गरिन् ।

उद्घाटन पछि नोनाले आपतकालीन केन्द्र स्थापना भएपछि भरतपुर महानगरमा कुनै पनि प्रकारको विपद् जोखिम न्यूनीकरणका सहज हुने भन्दै खुसी व्यक्त गरिन् ।

विपद् पूर्वतयारी, प्रतिकार्य र विपद्पछिको पुनर्निर्माणमा आपतकालीन कार्यसन्चालनमा केन्द्रले भूमिका खेल्ने उनको भनाई थियो ।

यो परियोजना अन्तर्गत यूएनडीपीले शहरका लक्षित समूहको पहिचान गर्न, विपद् प्रतिकार्यका लागि स्वयम्सेवकहरुको गठन गर्न, प्राथमिक उपचार खोज तथा उद्धार गर्न र आपतकालीन कार्यसन्चालन केन्द्र स्थापना लगायतका कार्यमा नगरपालिकाहरुलाई सहयोग गर्दै आएको छ ।

यूएनडीपीका सहायक आवासीय प्रतिनिधि बर्नान्डो कोकोले भरतपुर क्षेत्रमा विपद्बाट हुने क्षति घटाउन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भरतपुर महानगरसँग काम गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

भरतपुर महानगरकी प्रमुख रेणु दाहालले केन्द्रले महानगरमा मात्र नभई समग्र चितवनको विपद् व्यवस्थापनबाट हुने क्षति घटाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर