फागुन १ र २ गते काठमाडौंका यी क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने – Nepal Press

फागुन १ र २ गते काठमाडौंका यी क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले फागुन १ र २ गते काठमाडौंको कोटेश्वर, कपन, साँखु र गोठाटार फिडरबाट प्रशारित विद्युत सेवा अबरुद्ध हुने पूर्व सूचना जारी गरेको छ ।

सडक विस्तारका कार्य भइरहेको स्थानमा बिद्युतीय संरचना पनि स्थानान्तरण गर्नुपर्ने भएकाले बिद्युत सेवा बन्द हुने प्राधिकरणको भनाइ छ ।

फागुन १ गते साँखु फिडरबाट प्रशारित गोकर्णेश्वर, बीपी चोकदेखि सुन्दरीजल, मेलम्ची दोबाटो, काठमाडौं उपत्यका खानेपाली प्रशोसन केन्द्र र सोही सडक खण्डको आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म बिद्युत सेवा बन्द हुनेछ ।

१ गते नै गोठाटार फिटरबाट वितरित पेप्सीकोला उद्योग, टाउन प्लानिङआसपासका क्षेत्रमा विहान ११ बनेदेखि साढे १२ बजेसम्म बिद्युत सेवा बन्द हुनेछ ।

त्यही दिन कोटेश्वर फिडरबाट वितरण गरिएकामध्ये जडिबुटी र नरेफाँट क्षेत्रमा दिउँसो साढे १ देखि साढे २ बजेसम्म विद्युत सेवा बन्द हुनेछ ।

फागुन २ गते कपन फिडरबाट वितरितमध्ये भण्डारी गार्मेन्ट, नीलो पुल, ढलाने पुल, बुढानीलकण्ड नपरपालिका १० र आसपासका क्षेत्रमा दिउँसो ११ बजेदेखि साढे १ बजेसम्म बिद्यु्त सेवा बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर