अध्यागमनले भन्याे- आन्तरिक छलफलको विषयलाई निर्णय भनेर प्रचार गरियो – Nepal Press

अध्यागमनले भन्याे- आन्तरिक छलफलको विषयलाई निर्णय भनेर प्रचार गरियो

काठमाडौं । अध्यागमन विभागले ४० वर्ष मुनिका महिलाले भिजिट भिसामा विदेश यात्रा गर्दा स्थानीय तहको सिफारिस चाहिने गरी नियम संशोधन गर्न लागेको भनी आएका समाचारमा सत्यता नभएको जनाएको छ ।

आन्तरिक छानविन कार्यदलमा सुझावका रुपमा आएको विषयलाई निर्णयका रुपमा प्रचार गरिएकोमा विभागले आपत्ति जनाएको हो ।

अध्यागमन विभागले आज प्रेस विज्ञप्ति जारी गरी यस विषयमा हालसम्म कुनै निर्णय नभएको र यस्ता विषयमा निर्णय गर्दा संविधान प्रदत्त अधिकार,विश्वव्यापी मान्यता,आम जनताको धारणा र कार्यन्वयन सहजता समेत हेरि नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘खाडी र अफ्रिकी मुलुक जस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राको बारे सामान्य जानकराी समेत नभएका महिलाका लागि आवश्यक सक्ने गरी आन्तरिक छानविन कार्यादलका सुझावहरुका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको तथा अनौपचारिक रुपमा छलफलमा रहेको विषयका बारेमा आम जनमानसहरु कुनै भ्रममा नपर्न अनुरोध गरिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर