सामाजिक सञ्जालको विकृति रोक्न निर्देशिका जारी गर्दै सरकार (भिडियो) – Nepal Press

सामाजिक सञ्जालको विकृति रोक्न निर्देशिका जारी गर्दै सरकार (भिडियो)

काठमाडौं । सरकारले सामाजिक सञ्जाल सम्बन्धित निर्देशिका जारी गर्ने तयारी अघि बढाएको छ । सामाजिक सञ्जालमा विकृति फैलिरहेकोले यस्ता गतिविधि रोक्न निर्देशिका ल्याउन लागिएको सरकारका प्रवक्तासमेत रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

सिंहदरबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पछिल्ला दिनमा अभिव्यक्ति स्वतन्त्रताका आडमा छाडा, उत्तेजक र व्यक्ति केन्द्रीत तथा सम्मानित अदालत एवं सम्मानित राष्ट्रपतिको संस्थाप्रति पनि केहीले अभिव्यक्ती दिने, त्यसलाई सामाजिक सञ्जाल तथा केही जिम्मेवार अनलाइन मिडियाले प्रकाशन गर्ने गरेको पाइएको छ । यस्ता गतिविधिलाई कानूनी रुपमा नै रोक्नका लागि आवश्यक निर्देशिका सरकारले तयार गरेको हो ।’

नेपालको संविधानले पुर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको ग्यारेन्टी गरेको भन्दै त्यसलाई पुर्ण पालना गर्न नेपाल सरकार प्रतिवद्व रहेको उनले बताए । तर लामो राजनीतिक द्वन्द्वबाट स्थापित लोकतान्त्रिक शासन पद्वतिमाथी प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुडभेडतर्फ धकेल्ने खालका अभिव्यक्ति र त्यसलाई सार्वजनिक गर्ने माध्यमका गतिविधि क्षतिजन्य रहेको मन्त्री गुरुङ भनाइ थियो ।

‘स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ताबिना नै फेसबुक, यूट्युव, अनलाइनजस्ता कतिपय माध्यमको विकृति रोक्नु आवश्यक भएको छ,’ सञ्चारमन्त्री गुरुङले पत्रकार सम्मेलनमा भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर