भागिरथी हत्यामा संलग्नलाई कारबाही गर: मानव अधिकार आयोग – Nepal Press

भागिरथी हत्यामा संलग्नलाई कारबाही गर: मानव अधिकार आयोग

काठमाडौं । बैतडीको दोगडा केदगार गाउँपालिका- ७ की १७ वर्षीया किशोरी भागिरथी भट्ट हत्यामा संलग्नलाई कारबाही गर्न मानव अधिकार आयोगले माग गरेको छ ।

आयोगले  विज्ञप्ति जारी गर्दै उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत समेत उपलब्ध गराउन आयोगले सरकारसँग आग्रह समेत गरेको छ ।

सनातन धर्म मा. वि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भट्टको माघ २१ गते बलात्कारपछि हत्या भएको थियो ।

उनको विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडकअन्तर्गत लवलेक जङ्गलमा विभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

साे घटनाको अनुगमन गन आयोगको अनुगमन टोली  पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ ।आयोगले जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बताए।

आयोग उक्त घटनाप्रति ध्यानार्कर्षण गराउँदै जारी विज्ञप्तीमा भनिएको छ,‘बैतडीलगायत विभिन्न पहाडी तथा हिमाली जिल्लाहरूमा विद्यार्थीहरूले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्ति सुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भई बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिन्छ ।’

भागिरथी हत्या प्रकरण- प्रहरीको अनुसन्धान साँघुरिदै, सदरमुकाममा विद्यार्थी आन्दोलन (भिडियो)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर