भागिरथी हत्या प्रकरण- प्रहरीको अनुसन्धान साँघुरिदै, सदरमुकाममा विद्यार्थी आन्दोलन (भिडियो) – Nepal Press

भागिरथी हत्या प्रकरण- प्रहरीको अनुसन्धान साँघुरिदै, सदरमुकाममा विद्यार्थी आन्दोलन (भिडियो)

धनगढी । बैतडीको दोगडा केदगार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागिरथी भट्ट हत्याको अनुसन्धानको घेरा साँघुरिदै गएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डेको नेतृत्वमा विज्ञ र तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमै छ ।

आजै प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी पनि घटनास्थलतर्फ गएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेशकुमार सिंहले नेपालप्रेसलाई जानकारी दिए । भागिरथीको हत्या बलात्कारपछि गरिएको आशंका छ । यद्यपी पोस्टमार्टम र मेडिकल रिपोर्ट आएपछि मात्र बलात्कार भए/ नभएको बताउन सकिने सिंहले बताए ।

प्रहरीले भागिरथीले प्रयोग गर्ने मोबाइललगायतका केही प्रमाण संकलन गरेको प्रवक्ता सिंहले बताए । घटनास्थलमा मोबाइल सेट र ब्याट्री अलग अलग ठाउँमा भेटिएका थिए । त्यस्तै कतिपय दसी प्रमाणका आधारमा अनुसन्धानको घेरा साँघुरिदै आएको उनले बताए ।

केही व्यक्तिलाई अनुसन्धानका क्रममा पक्राउ गरिए पनि सोधपुछपछि कागज गरेर छाडिएको छ । आइतवारदेखि विद्यालय खुलेकाले उनका साथी,परिवारका सदस्य र नजिकका नातेदाहरुमार्फ जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले भागिरथीको हत्या नजिकका वा चिनजानकै व्यक्तिबाट भएको हुनसक्ने अनुमान लगाएको छ । प्रायः यस्ता घटना चिनजानकै व्यक्तिबाट हुने र बलात्कारपछि पहिचान लुकाउन हत्या गर्ने गरिएको पाइएको छ ।

यसैबीच भागिरथी हत्याविरुद्ध वैतडी सदरमुकाममा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले हत्यारामाथि कडा कारवाहीको माग गर्दै प्रहरी अनुसन्धान चाँडो टुंग्याउन माग गरेका छन् । प्रहरीले हत्यारा पक्राउ नगरेसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।

नजिकका चिनजानकै मान्छेबाट भएको आँकलन गर्न सकिन्छ । प्रायः चिनजानकै मान्छे संलग्‍न हुने गरेका देखिन्छ विगतमा । रेप गरेर पहिचान लुकाउन मर्डर गर्ने क्रम पनि उत्तिकै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर