भागिरथीको बलात्कार र हत्याबारे सत्यतथ्य सार्वजनिक गर्न प्रचण्ड-नेपालको माग – Nepal Press

भागिरथीको बलात्कार र हत्याबारे सत्यतथ्य सार्वजनिक गर्न प्रचण्ड-नेपालको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बैतडीमा एक किशोरीको बलत्कारपछि हत्या भएको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले सो घटनालाई पाशविक र अमानवीय कुकृत्यको संज्ञासमेत दिएका छन् ।

अध्यक्षद्वयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विगतमा निर्मलना पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषिमाथि कडाभन्दा कडा कारवाही गर्न माग गर्दर्छौं ।’

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भागरथी भट्टको गत २२ गते बलत्कारपछि हत्या भएको थियो । विद्यालयबाट घर फर्किँदै गरेको बेला १७ वर्षिया किशोरीमाथि कुकृत्य भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर