सुकुम्बासीको हातमा पुर्जा दिन सरकार आतुर : मन्त्री तुम्बाहाम्फे – Nepal Press

सुकुम्बासीको हातमा पुर्जा दिन सरकार आतुर : मन्त्री तुम्बाहाम्फे

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले सुकुम्बासीको हातमा पुर्जा दिनको लागि सरकार आतुर रहेको बताएकी छिन् ।

शनिबार काठमाण्डौमा भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला समितिका अध्यक्ष र सदस्यहरुका लागि आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तुम्बाहाम्फेले सरकार अव्यवस्थित तरिकाले बसोबास गरिरहेका प्रत्येक सुकुम्बासीहरुको हातमा पुर्जा दिनका लागि आतुर रहेको बताएकी हुन् ।

सरकारको आतुरतालाई व्यवहारमा उर्तानको निम्ति भुमि समस्या समाधान आयोगका पदाधिकारीहरुले पहलकदमी लिनुपर्ने उनको भनाई छ । सरकार र आम सुकुम्बासीले आयोगका नवनियुक्त पदाधिकारीहरुमाथि आशा र भरोसा गरेको पनि उनले बताइन् ।

सुकुम्बासीहरुको लगत संकलन गर्दा स्थानीय तहले गलत विवरण भर्नसक्ने भएकाले आयोगका पदाधिकारीहरुले नियमन गर्नुपर्ने उनले बताइन् । गलत मानिसको हातमा पुर्जा दिलाउन विभिन्न समुह सक्रिय हुनसक्ने भएकाले तिनको पहिचान गर्ने जिम्मेवारी रहेको पनि उनले ध्यानाकर्षण गराइन् ।

आयोगका पदाधिकारीहरुले स्थानिय तहले गरेका कामको नियमन गर्नुपर्ने र निर्दिष्ट ऐन भन्दा बाहिर गएर काम नगर्न पनि उनले निर्देशन दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर