विराटनगर : बन्दकर्ताको निसानामा चिया पसल (तस्बिरहरू) – Nepal Press
आम हड्ताल

विराटनगर : बन्दकर्ताको निसानामा चिया पसल (तस्बिरहरू)

विराटनगर । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले आव्हान गरेको देशव्यापी आमहड्तालको क्रममा विराटनगरको एक चिया पसलमा बन्दकर्ताहरूले तोडफोड गरेका छन् ।

विराटनगर महानगरपालिका वडा नम्बर २ स्थित महानगरको कार्यलय अगाडि रहेको प्रमोद चिया पसल आन्दोलनकारीहरूले तोडफोड गरेका हुन् । पूर्वमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा आएका करिब २५ जनाको समूहले पसलमा एक्कासि तोडफोड गरेको पीडित कविता सहनीले बताईन् ।

‘पहिला बन्द गराउँदै आएकाहरूले चिया पसल बन्द गर्नु पर्दैन भनेकाले खोलेर बसेँ । अर्को समूहले लौरोले हानेर पसलको सिसा, पकाएर राखेको सबै खाजा पोखिदिए’, कविताले गुनासो गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर