सिन्धुपाल्चोकको जिल्ला सभामा पत्रकारसहित ८ जना सम्मानित – Nepal Press

सिन्धुपाल्चोकको जिल्ला सभामा पत्रकारसहित ८ जना सम्मानित

सिन्धुपाल्चोक । कोरोना रोकथाम, नियन्त्रण र जनचेतना प्रवाहमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले बुधबार पत्रकार सहित ८ जनालाई सम्मान गरेको छ ।

जिल्ला समन्वय समितिको चौथो जिल्ला सभाको अवसरमा कोरोना रोकथाम र नियन्त्रणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव दिनेश थापासहित विभिन्न ८ संघ संस्था र व्यक्ति सम्मानित भएका हुन् ।

कोरोना महामरीको बिचमा सञ्चारमाध्यमको तर्फबाट जनचेतना बढाउनका लागि भुमिका निर्वाह गरेको भन्दै नगद ५ हजारसहित थापालाई पुर्व मन्त्री अमृतकुमार बोहराले सम्मान गरेका थिए ।

त्यस्तै स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चपागाई, उत्कृष्ट स्वास्थयकर्मीको तर्फबाट मेलम्ची प्राथमिक स्वास्थ्य चौकीका इञ्चार्ज डाक्टर विनोद केसी, कोभिड संक्रमणका बिचमा पनि विरामीलाई स्वास्थ्य संस्थांसम्म लैजान एम्बुलेन्स चालक समिर ठकुरीलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो ।

यसैगरी उत्कृष्ट क्वारेन्टाइन मेलम्चीका संयोजक एवम मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल, उत्कृष्ट कार्य गर्ने गैरसरकारी संस्थामध्येबाट ग्रामिण महिला सिर्जनशिल परिवार, विदेशबाट आउनेलाई घरसम्म लैजान भुमिका निर्वाह गर्ने पाँचपोखरी थाङपाल गाउँपालिकाका मदन गुरुङलाई पनि नगद ५ हजार सहित सम्मान गरिएको थियो ।

जिल्लाका १२ स्थानीय तहमध्ये समन्वय र सहकार्य गर्ने लिसंखुपाखर गाउँपालिकालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर