घरेलु मैदान एनफिल्डमा झण्डै ४ वर्षपछि हार्‍यो लिभरपुल – Nepal Press

घरेलु मैदान एनफिल्डमा झण्डै ४ वर्षपछि हार्‍यो लिभरपुल

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा पछिल्ला खेलहरुमा खराव प्रदर्शन गरिरहेको लिभरपुलले घरेलु मैदान एनफिल्डमा बर्नलीसँग १–० गोलको पराजय ब्यहोरेको छ ।

लिभरपुलका लागि यो प्रिमियर लिग अन्तर्गत घरेलु मैदानमा खेलिएको ६९ औं खेलमा पहिलो हार हो । खेलको अन्त्यतिर एस्ले बार्नेसले पेनाल्टीमा गोल गरी बर्नलीलाई चर्चित जित दिलाएका हुन् ।

लिभरपुलका गोलरक्षक एलिसनले बार्नेसलाई बक्सभित्र फल गरेपछि पेनाल्टी दिइएको हो । बार्नेसले नै पेनाल्टीमा गोल गरेपछि सन् १९७४ यता बर्नलीले लिभरपुललाई हराएको यो पहिलोपल्ट हो ।

प्रिमियर लिग अन्तर्गत लिभरपुलले घरेलु मैदानमा पराजित हुनु नपरेको झण्डै चार वर्ष भएको थियो । सन् २०१७ को अप्रिलमा क्रिष्टल प्यालेससँग पराजित भएयता एनफिल्डमा खेलिएका लिग खेलमा जित वा बराबरीको नतिजा निकालेको थियो ।

पराजित भएपछि पनि लिभरपुल चौथो स्थानमा छ तर शीर्ष स्थानको म्यानचेस्टर युनाइटेडभन्दा ६ अंकले पछि छ भने पाँचौं स्थानको टोटनह्यामभन्दा १ अंकले अगाडि छ । टोटनह्यामले एक खेल कम खेलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर