टी-२० मा इनिडोनेसियाकी बलरको विश्व कीर्तिमान: शून्य रन खर्चेर ७ विकेट – Nepal Press

टी-२० मा इनिडोनेसियाकी बलरको विश्व कीर्तिमान: शून्य रन खर्चेर ७ विकेट

काठमाडौं । इन्डोनेसियाकी रोहमालिया रोहमालियाले टी-२० आई क्रिकेटमा उत्कृष्ट बलिङ स्पेलको कीर्तिमान बनाएकी छन् ।

मंगोलियाविरुद्ध ३ ओभर २ बल बलिङ गरेकी १७ वर्षीय रोहमालियाले कुनै रन नखर्ची ७ विकेट लिइन् । उक्त खेलमा इन्डोनेसियाले मंगोलियालाई १२७ रनले हराजिएको थियो ।

यसअघि उक्त रेकर्ड नेदरल्यान्डकी फ्रेडरिक ओभरडिकको नाममा थियो । उनले सन् २०२१ मा फ्रान्सविरुद्ध ३ रन खर्चेर ७ विकेट लिएकी थिइन् । यो पुरुष र महिला दुवैमा उत्कृष्ट बलिङ स्पेल हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *