लिभरपुल र चेल्सीको जित – Nepal Press

लिभरपुल र चेल्सीको जित

हेटौंडा । इंङ्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोनटह्याम हटस्पर्सलाई ४–२ गोलले हरायो ।

लिभरपुललाई खेलको १६ औँ मिनेटमा मोहम्मद शालाहले सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्य अर्थात खेलको ४५ औं मिनेटमा एन्डी रोबर्टसनले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

दोश्रो हाफको ५० औं मिनेटमा लिभरपुलले अर्को गोल थप्यो । उसको लागि हार्भे इलियटले गोल गर्दै टिमलाइ ३–० को अग्रतामा लगे । खेलको ५९ औं मिनेटमा इलिएटले गोल गरेपछी लिभरपुलले ४–० को फराकिलो अग्रता बनायो ।

खेलमा टोटनह्याम्पको तर्फबाट खेलको ७२ मिनेटमा रिचर्सन र ७७ औं मिनेटमा सनले गोल गरेपनि त्यो जितको लागि पर्याप्त भएन र खेल लिभरपुलले जित्यो । जितपछी लिभरपुल ३६ खेलबाट ७८ अंक सहित तेश्रो स्थानमा यथावत रहेको छ ।

आइतबार रातीनै भएको खेलमा चेल्सीले वेस्टह्याम्प युनाइटेड विरुद्ध ५–० को जित निकाल्यो भने एस्टन भिल्ला ब्राइटनसँग पराजित भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर