मौलिक अधिकार खोसेर सरकार अधिनायकवादतर्फ उन्मुख: मनिषा कोइराला – Nepal Press

मौलिक अधिकार खोसेर सरकार अधिनायकवादतर्फ उन्मुख: मनिषा कोइराला

काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने कार्यक्रमा हस्तक्षेप गरेको भन्दै अभिनेत्री मनिषा कोइरालाले सरकारको आलोचना गरेकी छिन्।

सभा वा भेला गर्न पाउने नागरिक हक खोसेर सरकार अधिनायकवादतर्फ उन्मुख भएको उनको आरोप छ।

‘राष्ट्रिय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ’ उनले ट्वीटरमा लेखेकी छिन्, ‘सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्र निर्माताप्रति एकभई श्रद्धान्जली दीन नपाउने ? आम व्यक्तिको भेला हुने मौलिक अधिकार खोसेर सरकार अधिनायकवादतर्फ उन्मुख छ।’

राष्ट्रिय एकताका प्रतीको सामूहिक भावलाई सरकार ले सम्मान गर्ने आफूले ठानेको भए पनि सरकारले ठीक उल्टो व्यवहार देखाएको उनको भनाई छ।

‘मैले आशा गरेकी थिए कि जनताको राष्ट्रीय एकताका प्रतीकको सामूहिक भावलाई सरकारले सम्मान गर्ने छ।तर उसको व्यवहार ठीक उल्टो देखियो। पृथ्वी नारायणको शालिक अगाडि नै सरकारको यो आपत्तिजनक कार्य ? पानीको फोहरा र टियर ग्यास सहित नै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’

सामेबार राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने कार्यक्रममा प्रहरी हस्तक्षेप भएको थियो । त्यसप्रति राप्रपाका अध्यक्षद्वय कमल थापा र पशुपति शमशेर राणाले पनि आपत्ति जनाएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर