सर्भरमा समस्या आएपछि लाइसेन्सको आवेदन बन्द – Nepal Press

सर्भरमा समस्या आएपछि लाइसेन्सको आवेदन बन्द

काठमाडौं । कोरोना भाइरसको कारण ९ महिना बन्द भएको सवारी चालक अनुमतिपत्र(लाइसेन्स)को अनलाइन आवेदन फारम  भर्न बन्द गरिएको छ ।
गत मंगलबारदेखि खुलेको अनलाइन फारम सर्भरको मर्मत कार्यको लागि सोमबार अनलाइन सर्भर बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागका अनुसार लामो समयपछि अनलाइन फारम खुलेकाले फारम भर्नेको चाप थेग्न नसकिने अवस्था आएकाले सर्भरमा समस्या देखिएको हो ।
सर्भरको समस्या समाधान हुनेवितिकै भोलिदेखि पुन अनलाइनबाट नै फारम भर्न सकिने विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर