सवारी लाइसेन्सको अनलाइन फारम १४ गतेदेखि खुल्ने – Nepal Press

सवारी लाइसेन्सको अनलाइन फारम १४ गतेदेखि खुल्ने

काठमाडौं । सवारी चालक अनुमतिपत्रको अनलाइन फारम पुस १४ गतेदेखि खुल्ने भएको छ ।

यातायात व्यवथा विभागका प्रवक्ता डा. लोकनाथ भुसालले शुक्रबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गरी फारम खुला गरिने जानकारी दिएका छन् ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण सरकारले चैत्र १० गतेदेखि अनलाइन फारम बन्द गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर