हङकङले गुमायो तेस्रो विकेट, नेपालको धारिलो फिल्डिङमा दुई ब्याट्सम्यान रन आउट – Nepal Press

हङकङले गुमायो तेस्रो विकेट, नेपालको धारिलो फिल्डिङमा दुई ब्याट्सम्यान रन आउट

काठमाडौं । एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध राम्रो सुरुवात गरेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ र धारिलो फिल्डिङ गर्दै हङकङलाई दवावमा राखेको हो ।

नेपालका लागि पहिलो विकेट करण केसीले लिएका थिए । उनले हङकङका ओपनर मार्टिन कोयट्जीलाई विकेट किपर आसिफ शेखको हातबाट क्याचआउट गराए । १२ रनमा पहिलो विकेट गुमाएपछि अंशुमान रथले कप्तान निजाकत खानसँग मिलेर इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, ५.४ ओभरमा दीपेन्द्रले सटिक थ्रो गर्दै निजाकतलाई रनआउट गरेपछि हङकङ दवावमा आयो ।

ओपनर अंशुमानले हङकङको इनिङ उकास्ने प्रयास गरेका थिए । तर, उनी पनि रनआउट भएका छन् । अविनाश बोहराको बलमा अंशुमानले एक रन लिने प्रयास गर्दा गुल्शनले लङअनबाट लामो थ्रो गरेका थिए, जुन सीधै स्टम्पमा लाग्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *